विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् ।

बुधबार साँझमा कक्टेल डिनर गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

होटलमा सँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जोशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्