साढे २४ केजी चरेससहित दाङबाट तीन जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दाङबाट २४ केजी सात सय ९० ग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले,नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर रहेका छन् ।

लागुऔषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी रोल्पाकी एक महिलाको खोजी भई रहेको छ । घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो

उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठाभित्र प्लास्टिकको ड्रममा विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो सात सय ९० ग्राम चरेस बरामद भएको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्