तारेखमा छाडिदिन रवि लामिछानेको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् । उनले न्यायाधीशसमक्ष हरेकपटक तारेखमा आउँदा सहकारीपीडितको रिपोर्ट लिएर आउने बताएका छन् ।

उनले भने,’पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु । बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’

बिहीबार केही समयअघि मात्र सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएको छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । लामिछानेले सो क्रममा आफूलाई छोड्न अनुरोध गरेका हुन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्