संसदीय समितिका सभापति यादव र सांसद सुवालबीच चर्काचर्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यस क्रममा भनाभन भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंकुश बन्ने भन्दै जवाफ फर्काए ।

सुवालले समितिमा अनुपस्थित सांसदको संयोजकत्वमा समिति बनाउन नहुने भन्दै आपत्ति जनाएका हुन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्