अब स्थानीय तहका प्रमुख वा उपप्रमुख निलम्बनमा परे कार्यवाहक छान्ने जिम्मा कार्यपालिकालाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अब कुनै पनि स्थानीय तहका अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ । सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत स्थानीय शासन सञ्चालन ऐन संशोधन गरी यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

केही स्थानीय तहमा एकैपटक प्रमुख तथा उपप्रमुख निलम्बन हुँदा कार्यसञ्चालनमा अप्ठ्यारो परेकाले कार्यपालिकाले यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो ।

त्यस्तै स्थानीय तहको वडाध्यक्ष रिक्त भएको अवस्थामा पनि वडा सदस्यमध्येबाट उनीहरूले नै छानेको व्यक्तिले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्