काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् अधिवेशन नचलेका बेला सरकारले अध्यादेश ल्याउन मिल्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उपमहासचिव ज्ञवालीले नेपालको संविधानको धारा ११४ ले अध्यादेशको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन नचलेका बेला अध्यादेश ल्याउनसक्ने बताए। उनले अध्यादेश ल्याउने कुरालाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे।
उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए। कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका वेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने उनको भनाइ छ। अध्यादेश संसद्लाई अवज्ञा गर्ने गरी नभई आवश्यकता महसुस गरेर ल्याइएको बताए।