संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुखः सभामुख घिमिरे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् ।

दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउँदै उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गरे ।

राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका मतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्