सरकारले तोक्यो गहुँको न्यूनतम मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक बर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा तोक्ने निर्णय गरेको छ ।

यस्तै संयुक्त बजार अनुगमन निर्देशिका २०६९ अनुसार शहीदका परिबारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा र टैंक ट्रक राख्न अनुमति प्रदान गर्दा सहुलियत दिने सम्बन्धी कार्यविधि २०६७ र उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले राजस्व न्यायाधिकरण काठमाडौंको कानून सदस्य था अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधिश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्