सुनको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्