६ महिनामा आठ खर्ब २२ अर्ब बराबरको आयात, ९८ अर्ब बराबरको निर्यात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आर्थिक वर्षको पछिल्ला ६ महिनामा आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिभन्दा ७.०६ प्रतिशतले बढी हो ।

विभागको तथ्यांकअनुसार कात्तिकदेखि आयात र निर्यातको सूचकांक बढेको छ ।

यस्तै, निर्यातमा पनि वृद्धि देखिएको छ । ६ महिनाको अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मालसामान निर्यात भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा निर्यात ३१.७८ प्रतिशत बढेको देखिन्छ ।

आयात बढेसँगै व्यापार घाटा पनि बढेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनाको अवधि र अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा व्यापार घाटा ४.३८ प्रतिशत बढेको देखिन्छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्