तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फजाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौलीको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका ६ चालिसे घर भइ व्यास नगरपालिका ५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार उनकी आमा वर्ष ४० कि मधुमाया आले रहेकी छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्