११ सयले बढ्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन लामा ११ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्