अस्ट्रेलियासँग हारेसँगै यू-१९ महिला टी-२० विश्‍वकपबाट बाहिरियो नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो । मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो ।

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन्।

समूह ‘डी’ मा रहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो। नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्