सकियो रवि लामिछानेको बयान, थुनछेक बहस भोलि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

भोलि सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । त्यसपछि जाहेरवाला र लामिछानेका वकिलले बहस गर्नेछन् ।

बहस सकिएपछि इजलासले थुनछेक आदेशमार्फत लामिछानेलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्