काठमाडौँ । प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार
सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् ।
बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ । तराई भेगमा बाक्लो हुस्सुका कारण भिजिविलिटि कम हुँदा उडान निरन्तर प्रभावित बनिरहेको छ ।