विदेश पठाइदिने भन्दै २९ लाखभन्दा धेरै ठगी, ३ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २९ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रौतहटको वृन्दावन नगरपालिका–६ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीय विवाह घले रहेका छन् ।

विजयले मलेसिया पठाइदिने भन्दै १ जनाबाट ८० हजार, नेहाले बेलायत पठाइदिने भन्दै १ जनाबाट २४ लाख ५० हजार र विवाहले जापान पठाइदिने भन्दै १ जनाबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्