पाकिस्तानमा सेनाको कारबाहीमा परी ३० आतङ्ककारीको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारीको मृत्यु भएको छ । सेनाले चलाएका तीन वटा अभियानका क्रममा शनिबार एकैदिन ३० जना मारिएका पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सुरक्षा बलले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा आठ जना र खैबरमा दुई जना मारिएका छन् ।

हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको जनाएको छ । यी क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ । सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ । एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्