ठमेलको होटलमा २१ वर्षीया युवतीको शव फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्