बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले यस्तो आदेश जारी गरेको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप छ ।

अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्