काठमाडौँ । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका ६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जोशीपुर १ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।
उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ ।