काठमाडौँ । अमेरिकाबाट निकालिएका अवैध आप्रवासीहरुलाई फिर्ता ल्याउन कोलम्बिया सरकार तयार भएको छ ।
यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा प्रतिबन्ध पनि लगाउने धम्की दिएपछि अवैध रुपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।
ट्रम्पको धम्कीपछि आप्रवासीहरुलाई ल्याउन अमेरिकी देश होन्डुरसमा हवाईजहाज पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।
केही वर्षयता कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा घुसेको आरोपमा पक्राउ परेका छन् । त्यस्ता अवैध आप्रवासीहरुलाई अमेरिकाले उनीहरुकै देश फिर्ता पठाइरहेको छ ।