काठमाडौँ । भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म वा कम्पनीका लागि सरकारले आवेदन खुलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट उक्त परिमाणमा गहुँ आयात गर्न सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।
इच्छुक फर्म वा कम्पनीले ७ दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने छ । इच्छुक कम्पनीले न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउनेछन् । यसरी आयात गर्न चाहने फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने सर्त छ ।
कम्पनीले माग गरेका आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ ।