कांग्रेसबाट पूरा सहयोग पाएको छुः प्रधानमन्त्री ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कांग्रेसबाट आफूले पूरा सहयोग पाएकाले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने उनले बताए । प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।

‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौं । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौं ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्