दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–९ घर भएका ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्