किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ललितपुरको किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला परेका छन्। महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोमबार एक जना मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

मृतक युवा सोही नगरपालिका ८ बिशुन्डोलका ३१ वर्षीय सन्दिप रावल रहेको पनि प्रहरीले जनाएको छ। शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्