काठमाडौँ । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र न्यूनतम पारिश्रमिक सकारी सरह कायम नगरे अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका छन् । चिकित्सकहरूले इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको न्यूनतम पारिश्रमिक सकारी सरह कायम गर्न माग गरेका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । समितिका संयोजक डा.शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।