विदेश पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६ का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ५ का विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ निवासी २४ वर्षीया विशाखा पौडेल रहेको प्रहरीले जनाएको छ।

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट रु तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु एक लाख ६० हजार ठगेका थिए।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्