त्रिभुवन विमानस्थल थप दुई घण्टा सञ्चालनमा आउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप दुई घण्टा सञ्चालनमा आउने भएको छ । आगामी १९ माघको शनिवारदेखि हाल १४ घण्टामात्रै सञ्चालन हुँदै आएको विमानस्थल १६ घण्टा सञ्चालनमा आउने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । विमानस्थलको उडान समय थप भएसँगै भारतीय वायुसेवा स्पाइस जेट र एयर इयर इण्डिया एक्सप्रेसले पुनः उडान गर्न चाहेका छन् ।

विमानस्थलको उडान समय घटेसँगै नेपालमा उडान नभएको यी वायुसेवाको पुनः उडान गर्न चाहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्