एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउने भएका छन् । मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन मिल्ने भएको हो ।

यद्यपि नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ।

विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि अहिले सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्