धनगढी, जेठ ४ ।
छिमेकी मुलुक भारतले अलपत्र परेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सिमानाकासम्म सहजै पुग्नको लागि पास दिन सुरु गरे लगत्तै नेपाली नागरिकहरु स्वदेशको यात्रा तय गर्न थालेका छन् ।
कोरोना भाइरसका कारण सारा विश्वमा लकडाउन भएका बेला मजदुरीका लागि भारत पुगेका नेपाली मजदुरहरु नेपाल फर्किनको लागि जोखिमपुर्ण यात्रामा निस्किएका छन् । आजमात्रै भारत सरकारबाट पास पाएलगत्तै मुम्बईबाट झण्डै १५० जना नेपाली मजदुरहरु ट्रकको यात्रा गर्दै नेपाली भुमि पुग्नको लागि निस्किएका छन् ।
भारतको मुम्बईमा मात्र होइन यस्तो अवस्था प्राय सबै सहरहरुमा देखिन थालेको छ । लकडाउनका कारण मजदुरी ठप्प र रोजगारी खोसिएपछि खान, बस्नकै लागि समस्या हुँदा नेपालीहरु जोखिम पुर्ण यात्रा गर्दै नेपाली सिमासम्म पुग्ने प्रयास गर्न थालेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्