धनगढी, जेठ ९ ।
सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय शान्त रहेको सुदूरपश्चिममा शुक्रबार कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल ल्याइएका उनिहरु पाँचै जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ आएको हो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ। जसमध्ये पाँचजना उपचारपछि पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । नयाँ संक्रमित पाँचै जनालाई सेति प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गरिएको छ र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्