डडेल्धुरा, जेठ १२ । (दिपकराज भट्ट)
डडेल्धुराको अलिताल गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आफ्नो व्यवस्था आफै गर्न सुझाएको छ । भारतबाट भित्रिनेको संख्या ह्वात्तै बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेपछि उनिहरुलाई सम्पुर्ण व्यवस्था आफै गर्न निर्देशन दिएको हो ।
पछिल्लो समयमा भारतबाट नेपाल आउनेको संख्यामा बढेपछि बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । सात ओटा स्थानीय तह रहेको डडेल्धुरामा आलिताल गाउँपालिकाले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुलाई सबै व्यबस्था आफुले नै गर्न भनेको हो ।
सोमबार एक सुचना जारी गर्दै गाउँपालिकाले सिमानाकाबाट उद्धार गरि सम्बन्धित वडाको क्वारेन्टाइनसम्म ल्याउन प्रयोग भएका सवारी साधनको भाडा तथा क्वारेन्टाइनमा बस्नको लागि आवश्यक पर्ने वेड, बिस्तारा, भाडावर्तन तथा अन्य व्यक्तिगत प्रयोगका समाग्रीको व्यबस्थापन स्वंमव्यक्तीले गर्न पर्ने निर्णय भएको जनाएको छ ।
गाउँपालिकाले यस्तो भनेपछि अब भारतबाट आएकाहरु सिधै घर जाने संम्भावन बढेको र जसले गर्दा जोखिम समेत बढने सम्भावना बढेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्