४ भदौ, काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ ।
१८ वर्षभन्दा माथिका हाइस्कुल अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोप दिइने छ ।
खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात (जस्तै नागरिकता ) अनिबार्य देखाउनु पर्ने छ ।
यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्