खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उनले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।

“खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ”, उनले भने “ आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।”

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उन ले भने “नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।” प्रतियोगिता एभरेष्ट युवा क्लब गैँडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।

खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिए । शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई रु ३० हजार र ट्रफी तथा उपविजेतालाई रु २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्