Skip to content

मंगलबारबाट कोरोनाविरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारले बताए । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरेको हो ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले यो खोप पाउने छन् ।

अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्