नेपालमा बुधबार थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ । देशभर गरिएको ६ हजार ७ सय १५ पिसिआर परिक्षणका क्रममा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ३ सय ८५ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।
नेपालमा हालसम्म ११ हजार ६ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १३ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्