काठमाडौं । ६ महिनायता मात्रै नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधसम्बन्धी १० हजार तीन सय उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी यस्ता घटनाहरु हुने गरेको हो । ब्युरोका अनुसार पीडित आफैँ उपस्थित भएर उजुरीहरू दर्ता गराएका छन् ।
ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा कसैको नक्कली आइडी बनाएर रकम माग्ने, अश्लील भिडियो तथा फोटो पोस्ट गरिदिने, संघसंस्थाका अनलाइन साइट तथा व्यक्तिगत आइडी ह्याक गर्नेलगायतका घटना बढेको छ । उनका अनुसार विगत दुई वर्षयता साइबर अपराधसम्बन्धी घटना तुलनात्मक रूपमा बढेका छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि उक्त समयमा इन्टरनेटको प्रयोग गरी ठगी गर्नेक्रम बढेको उनको भनाइ छ।
‘साइबर अपराधका घटना बढ्दै आइरहेका छ्न, लकडाउनको समयमा त झन् यस्ता घट्ना धेरै भए, ब्युरोमा दर्ता भएका उजुरी हेर्दा यो भयावह नै छ भन्ने लाग्छ,’ उनले भने। । उनका अनुसार जनशक्ति र पर्याप्त साधन स्रोत नभएका कारण साइबर अपराधका सबै घटनामा प्रहरीले सहजै अनुसन्धान गर्न सकिरहेको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्