काठमाडौं । नेपालमा थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १ सय ५१ जना र २ हजार २ सय ३५ एन्टीजेन परिक्षणका क्रममा १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ९ सय ३ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्