जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ । गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए । विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य छ । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ । रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्