दोलखा । दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले स्वास्थ्य शाखाको आयोजनामा विद्यार्थीहरुको निसुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रधान गरेको छ । सोमबारबाट सुरु गरिएको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ५ शहरेमा रहेको जन जाग्रीती माध्यमिक बिधालयबाट सो सेवा सुरु गरेको थियो ।
दोलखा लाइन्स आँखा केन्द्रका आँखा विशेषज्ञ बिप्लप खड्का, तामाकोसी अस्पताल मालुका डाक्टर रोबिस कार्की ,लगायत एक दर्जन स्वास्थ्यकर्मिकोको टोलिबाट विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रको अनुसार विद्यार्थीहरुको आँखा, नाक, कान घाटि र मुखको स्वास्थ्य परिक्षण गरिएको थियो ।
परिक्षण गरिएको विद्यार्थीहरुमा दृस्टी समस्या र अधिकांशमा कानेगुजि पाक्नेको समस्या देखिएको स्वास्थ्य संयोजक मिश्रले बताए । आखाको समस्या भएकालाई चस्मा लगायतका आबश्यक स्वास्थ्य सामाग्री गाउँपालिकाले निशुल्क प्रदान गर्ने भएको छ । यो वर्ष स्वास्थ्य परिक्षणको सुरुवात गरेता पनि आगामी बर्ष गाउँपालिकाका सबै बिधालय सो कार्यक्रम सन्चालन गर्ने उद्देश्य रखेको गाउँपालिकाले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्