काठमाडौं । दोलखा जिल्लाको विविधता झल्काउने तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा शुक्रबाट सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।
दोलखा मिडियाद्वारा आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पर्यटक भित्र्याउनु रहेको मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । मेलामा दोलखाको विविधता झल्काउने खालका तस्बिरहरु भएको र त्यहाँको विकास र जनजीवनको भित्री पाटोलाई चित्रमार्फत उठान गरिएको उहाले जानकारी दिए ।
मेला स्वदेशी र विदेशी पाहुनाहरुले पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । असार १९ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा त्यहाँको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मनोरम प्राकृतिक दृश्य देख्न पाइने आयोजकले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्