Skip to content

शुक्रबार ५० जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमणबाट मुक्त

कालोपाटी

३ वर्ष अगाडि

काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप १८ जना संक्रमणबाट मुक्त भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् । हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्