तीन वर्ष नहँदै भत्कियो वोज्याङखोलाको पुल, स्थानीयलाई आवतजावतमा सास्ती

Ad
  • कालोपाटी सम्बाददाता

रोल्पा । अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएका थिए ।

गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएका थिए । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।

लुङ्ग्रीका अध्यक्ष भरत थापाले भने, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ । ” सो गाउँपालिकाको रु। २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमतिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएका थिए । -रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्