काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का ३ दिने भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार खड्काको भ्रमणतालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ । साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् ।
परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्