काठमाडौं । नेपालमा सोमबार ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टी भएको हो ।
जसमध्ये २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यसैगरि ४७० जना संक्रमण मुक्त भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्