काठमाडौं । जापानमा एकै दिनमा २ लाख ५० हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टी भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र २ लाखभन्दा बढि सङ्क्रमित पुष्टी भएको हो । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।
अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति धेरै मात्रमा फैलिने प्रकृतिको रहेको बताइएको छ ।
बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्