दोलखामा नेपाल बन्दको आंशिक प्रभाव, लामो दुरीका सवारीसाधन ठप्प

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दमा आज विहानैदेखि लामो दुरीका सार्वजनिक सवारीका साधनहरु ठप्प रहेको छ । जिल्लामा छोटो दुरीका निजी सवारीका साधन मात्रै फट्ट–फुट्ट चलेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णु राज पुरीका अनुसार गाउँ–गाउँबाट सदरमुकाम चरिकोट पुग्दै उपत्यका जाने यात्रुवाहक र सदरमुकाम हुँदै काठमाडौंका लागि छुट्ने सवारीका साधन लगायतका अन्य ठप्प रहेका छन् । दोलखामा बन्दको प्रभाव पूर्ण रुपमा नभए पनि कैलाली, काभ्रे, रुपन्देही लगायतका जिल्लामा शंकास्पद वस्तु फेला परेका छन् । दाङमा एउटा टिपरमा आगजनी भएको छ ।

सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्