काठमाडौं । मंगलबार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५ सय ७४ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्