काठमाडौं । आइतबार २ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ हजार ८ सय ३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६४ जना र १ हजार ७ सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाकारी दिएको छ ।
आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २ सय ४ पुगेको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्