सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ ।
सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलुु मैदानमा उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए ।
खेलमा विराटनगरले सङ्घर्षपूर्ण जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तथा रोचक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।
जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतको कारणले जित हासिल गरेको बताउनुभयो । उहाँले पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उल्लेख गरे । जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पटकपटक पाएको अवसर खेर फाल्दा हार भएको बताए ।
खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद रु ११ हजार पाए । मङ्गलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुने प्रतियोगिताका व्यवस्थापक सरोज लम्सालले बताए ।
चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।–
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्